Posts

Showing posts from August, 2026

(बाल मनोवैज्ञानिक कथा) रहरमानकाे अठाेट

Image
  (बाल मनोवैज्ञानिक कथा) रहरमानकाे अठाेट   सरण राई   रमाइलो गाउँ ! थोरै मानिसहरूको बसोबासो भएकाले सबैले सबैलाई चिन्छन् । गाउँभरिका सबै एउटै परिवार फूलको मालाझैँ आत्मीयता, अपनत्व र सदभावको डोरीमा उनिएका छन् । त्यस गाउँको रहरमानलाई मिहिनेती, अनुशासित र आज्ञाकारी भएकाले सबैले मन पराउँथे । ऊ बिहान बेलुकी घरको काम गरेर आमाबुबालाई सघाउँथ्यो । आफ्नो र छिमेकका ससाना भाइबहिनीलाई पढ्न लेख्न सिकाउँथ्यो । असल मानिस बन्न प्रेरित गर्दथ्यो । ऊ शिशु कक्षाको परीक्षामा पहिलो भयो । त्यसपछि एक, दुई र तीन कक्षाको परीक्षामा पनि पहिलो भयो । कक्षाकै जेहेनदार विद्यार्थी भएकाले साथीहरूले उसलाई आदर भावले हेर्थे र श्रद्धा गर्थे । ऊ पनि घमन्ड नगरी आफ्ना सहपाठीहरूलाई पढाइमा मदत गर्दथ्यो । विद्यालयदेखि वडा, पालिका र जिल्लास्तरीय हाजिरीजबाफमा रहरमान सहभागी हुन्थ्यो र कुनै न कुनै पुरस्कार पाउँथ्यो । पढाइका साथसाथै अतिरिक्त क्रियाकलापप्रतिको मोहले ऊ सबैका आँखाको नानी बनेको थियो । रहरमान गाउँका ठुला मान्छेहरूलाई आदर गथ्र्यो । साइनोअनुसार सेवाढोग वा नमस्कार गथ्र्यो । घर र छरछिमेकीमा आफूले सक्ने काम सघाउँथ्य...